१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २८ आइतबार
  • Saturday, 28 September, 2024
२o७८ कार्तिक २८ आइतबार o८:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

तातोपानी–सिंजा जोड्ने थारमारे–दिलौरी सडक समयमै सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक २८ आइतबार o८:o८:oo

जुम्लाको तातोपानी गाउँपालिका र सिंजा गाउँपालिका जोड्ने थारमारे–दिलौरी सडक सडक निर्माण सम्पन्न भएको छ । तातोपानी गाउँपालिका– ५ श्रीनगर थारमारे दिलौरी लेक हुँदै सिंजा गाउँपालिका– ६ भाडगाउँ जोड्ने १५ किलोमिटर सडक निर्धारित समयमै निर्माण सम्पन्न भएको हो ।

सडक बनेपछि त्यस क्षेत्रका बासिन्दाले बिरामी पर्दासमेत घन्टौँ बोकेर लैजानुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् । यसअघि सिंजा गाउँपालिकाको भाडगाउँ, जोड, गोरागाउँका बिरामी दिलौरी लेक हुँदै बोकेर ल्याउनुपर्ने बाध्यता थियो । सडक बनेपछि उपचारका लागि बिरामीलाई थारमारे दिलौरी सडक हुँदै एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याउन सकिने भएको छ ।

प्रदेश सांसद विकास कोषको ४५ लाख र तातोपानी गाउँपालिकाको एक करोड बजेटमा १५ किलोमिटर थारमारे दिलौरी सडक निर्माण भएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए । ‘अब तातोपानी गाउँपालिकाको सीमाक्षेत्र दिलौरी लेकसम्म सडक पु-याउन पाँच सय मिटर बाँकी मात्रै बाँकी छ । बाँकी खण्ड निर्माण गर्न प्रदेश सरकारसँग बजेटको अपेक्षा गरेका छौँ,’ अध्यक्ष न्यौपानेले नयाँ पत्रिकासँग भने । 

यसैबीच, प्रदेश सांसद तथा पूर्वमन्त्री नरेश भण्डारी, गाउँपालिका अध्यक्ष नवराज न्यौपाने, चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरादेवी न्यौपाने, तातोपानी गाउँपालिका– ५ का वडाध्यक्ष हरिबहादुर डाँगीले सडक अनुगमन गरेका छन् । अनुगमनको क्रममा थोरै लागतमा धेरै काम भएको पाएको सांसद भण्डारीले प्रतिक्रिया दिए ।