१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २८ आइतबार
  • Tuesday, 18 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २८ आइतबार o७:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

मेगा बैंकका चार नयाँ शाखारहित बैंकिङ सेवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २८ आइतबार o७:२७:oo

मेगा बैंक नेपाल लिमिटेडले बैंकिङ सेवा नपुगेका ग्रामीण क्षेत्रका चार स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले सुनसरीको भोक्राहा, सिन्धुपाल्चोकको थाङ्पाल र कुभिन्डे तथा धादिङको ज्वालामुखी गाउँपालिका सातदोबाटोमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

शाखारहित सेवा सञ्चालनका लागि बैंकले भोक्राहामा प्रबिनकुमार मेहता, पाँचपोखरी थाङ्पालमा महेशदास श्रेष्ठ, कुभिन्डेमा दुर्गाप्रसाद सापकोटा, ज्वालामुखी गाउँपालिकामा नारायणप्रसाद सिम्खडालाई स्थानीय प्रतिनिधि तोकेको बैंकले जनाएको छ । 

स्थानीय व्यावसायिक प्रतिनिधिमार्फत खाता खोल्ने व्यवस्था गर्ने, दैनिक खातामा रकम जम्मा गर्ने, झिक्ने, नेपाल टेलिकम, एनसेलमा टपअप, डिसहोमको रिचार्ज गर्ने सुविधाका साथै सेवाग्राहीलाई आवश्यक परेका वेला कर्जा लगानीका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सकिने जनाइएको छ । 
 

ad
ad
ad
ad