मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २७ शनिबार
  • Thursday, 19 December, 2024
रासस काठमाडौं
२o७८ कार्तिक २७ शनिबार २२:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस पदाधिकारी बैठकमा केन्द्रीय समितिका कार्यसूचीबारे छलफल

Read Time : < 1 मिनेट
रासस काठमाडौं
२o७८ कार्तिक २७ शनिबार २२:२२:oo

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा पार्टीको आसन्न १४औँ महाधिवशेनको तयारीका लागि विभिन्न समिति उपसमिति बनाउनेलगायत विषयमा छलफल भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाकोे निजीनिवास बुढानीलकण्ठमा शनिबार बसेको बैठकमा आइतबारदेखि सुरु हुने केन्द्रीय कार्य समितिको बैठकमा पेस हुने प्रस्तावका बारेमा छलफल भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

बैठकले महाधिवेशन कार्यतालिका संशोधनलगायत बैठक नभएको अवधिमा भएका काम कारबाही अनुमोदन गर्ने प्रस्तावलगायत कार्यसूची तय गरेको छ । साथै विदेशस्थित पार्टीका जनसम्पर्क समितिका क्रियाशील सदस्यता अनुमोदन गरिएको उनले बताए । कांग्रेसको १४औँ महाधिवेशन आगामी २४ देखि २६ मंसिरमा काठमाडौंमा गर्ने कार्यतालिका छ ।