१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २४ बुधबार
  • Friday, 05 July, 2024
रासस काठमाडौं
२o७८ कार्तिक २४ बुधबार २१:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

कात्तिक ३० भित्र महाधिवेशन प्रतिनिधिको विवरण पठाउन एमालेको निर्देशन

Read Time : < 1 मिनेट
रासस काठमाडौं
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २४ बुधबार २१:२५:oo

एमालेको दशौँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले आगामी ३० कात्तिकभित्र महाधिवेशन प्रतिनिधिका सम्पूर्ण विवरण उपलब्ध गराउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । महाधिवेशनका लागि एक हजार ९९९ प्रतिनिधि छनोट हुनेछन् । 

एमालेले महाधिवेशन प्रतिनिधि छनोटका लागि यही कात्तिक २७ गते देशभरका कमिटीका निर्वाचन तोकेको छ । एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ । हाल एमालेका सात लाख ३० हजार संगठित सदस्य रहेका छन् । एमालेले बाँकी रहेका पालिका वा वडा अधिवेशन यही कात्तिक २५ गतेभित्र सक्न यसअघि निर्देशन दिइसकेको छ ।

एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले मंसिर ११ गते विद्युतीय उपकरणका माध्यमबाट केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन सुरु हुने उल्लेख गर्दै सौराहामा बन्दसत्र, भोजन, आवासलगायतका व्यवस्थापन हुने जानकारी दिए । उनले नारायणी किनारमा अध्यक्ष केपी शर्मा ओलीबाट हुने उद्घाटन सत्रमा चितवन आसपासका समेत गरेर पाँच लाख नेता कार्यकर्ताको सहभागिता गराइने जनाए । 

उनले प्रचारप्रसार पूर्ण रूपमा डिजिटल गरिने भएकाले भित्तेलेखन आदि नगरिने बताए ।  एमालेले रामबहादुर थापाको संयोजकत्वमा २३ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको थियो ।

ad
ad
ad
ad