१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २४ बुधबार
  • Sunday, 30 June, 2024
छठ पर्व मनाउन सजाइएको महोत्तरीको मटिहानी तुल्सियाहीस्थित विग्ही नदीको किनार ।  तस्बिर : नयाँ पत्रिका
हदिश खुद्दार जनकपुरधाम
रञ्जन भण्डारी महाेत्तरी
२o७८ कार्तिक २४ बुधबार o६:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

छठको दोस्रो दिन खरना सम्पन्न

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
रञ्जन भण्डारी, महाेत्तरी
नयाँ पत्रिका
२o७८ कार्तिक २४ बुधबार o६:१३:oo

तराई–मधेसमा महान् पर्वको रूपमा मनाइने छठको तयारी अन्तिम अवस्थामा पुगेको छ । छठको दोस्रो दिन खरनामा घाटहरूको सजावटको क्रममा अधिकांश नदी तथा पोखरीलाई सजाइएको छ । प्रायः जनस्तरबाटै छठघाटहरू सजाइने गरिए पनि केही स्थानमा स्थानीय तहहरूले समेत माटो भर्ने, सम्याउने गरेका छन् । 

धनुषा, सिराहा, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सामा छठको विशेष रौनक छ । पछिल्लो समय तराई–मधेसबाहेकका जिल्लामा पनि धुमधामसँग छठ मनाउने चलन बढेको छ । संघीय राजधानी काठमाडौंका नदीकिनारहरू तथा पोखरीलाई पनि विशेष रूपमा सजाइएका छन् । पोखरीहरूको राजधानीका रूपमा चिनिने जनकपुरधामका पोखरी सिंगारिएका छन् ।

वीरगन्जको घडीअर्वा पोखरीमा पनि विशेष रौनक छ । महोत्तरीका जलेश्वर, मटिहानी र पिपराका साथै नेपाल र भारत तथा महोत्तरी र धनुषा छुट्याउने सीमाक्षेत्रमा पर्ने मटिहानी तुल्सियाहीस्थित विग्ही नदीको किनारमा समेत छठको तयारी अन्तिम अवस्थामा छ । महोत्तरी, धनुषा र भारतको मधवापुर तथा वरिपरिका स्थानीयले हरेक वर्ष सोही नदीमा एकसाथ छठ मनाउने गरेका छन् । भूगोलमा दुई देशका रूपमा विभाजित भए पनि धार्मिक र सांस्कृतिक हिसाबले सो स्थानमा एकै ढंगले छठ मनाउने गरिएको छ ।

छठ पर्वको पहिलो दिन नहाय खाय, दोस्रो दिन खरना र तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । अन्तिम दिन अर्थात् चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठको विधिवत् समापन गरिन्छ । दोस्रो दिन मंगलबार छठका व्रतालुले घरमै गुड, दूध मिश्रित खिर, केरालगायतका प्रसाद चढाएर खरना पूजा गरेका छन् । 

प्रदेश २ मा सुरक्षा व्यवस्था कडा 
छठ पर्वलाई मध्यनजर गर्दै प्रदेश २ मा सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रदेश २ प्रहरी प्रमुख कार्यालका अनुसार प्रदेशका ८ वटै जिल्लामा ८ हजार नेपाल प्रहरी परिचालन गरिएको छ । यस्तै, तीन हजारभन्दा बढी सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ । हाइवेमा गस्ती, सिमा नामा चेकिङ, सरप्राइज चेकिङ, भिग्रस चेकिङ, अन्तरजिल्ला चेकिङलगायतका योजनाहरू बनाएको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी उमेश रञ्जितकारले बताए । 

ad
ad
ad
ad