१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १३:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राजदूत नियुक्तिमा भागबन्डा नगरौँ : नारायणकाजी श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:१४:oo

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजदूत नियुक्तिमा भागबन्डा नगर्न सुझाव दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘अब छिट्टै राजदूतहरूको नियुक्ति प्रक्रिया अघि बढ्ने होला। यद्यपि प्रधानमन्त्रीले तीनजनाको नियुक्ति गरिसक्नुभयो। अब बाँकी राजदूतहरू नियुक्तिको सम्बन्धमा मेरो समयमै अनुरोध छ, कम्तीमा पनि केही संख्या पार्टीहरूको भागबन्डाभन्दा छुट्टै साझा सूची बनाऔँ।’

कुनै पार्टीमा नलागेका देशभक्त ,स्वच्छ, योग्य र प्रतिभावान् व्यक्तिहरूले राष्ट्रसेवाको अवसर कहिल्यै नपाउने अवस्था बन्न सक्ने चिन्तासमेत उनले व्यक्त गरेका छन्। पार्टीहरूको गठबन्धन शीर्षस्थ नेताहरूको गठबन्धनजस्तो बनेको उनले आरोप लगाएका छन्। पार्टीहरूको एउटा बैठकमा आफूले अघिल्लो सरकारले नियुक्ति गरेका सबै राजदूतहरू फिर्ता बोलाउने सकारको निर्णयलाई बेठीक भन्दै असहमति जनाएको पनि उनले खुलासा गरेका छन्। ‘संविधान, कानुन र लोकतान्त्रिक मूल्यमान्यताविपरीत नियुक्ति गरिएका, असक्षम र व्यवहारबाट नेपाल सरकारको प्रतिनिधित्व नगर्ने पुष्टि भएका राजदूतहरूलाई मात्र फिर्ता बोलाउनुपर्दछ, सबैलाई  एकमुष्ट रूपमा होइन। यसो गर्दा हरेक सरकारले अघिल्लो सरकारले गरेका राजदूतहरू फिर्ता बोलाउने परम्परा बन्छ,’ श्रेष्ठको सुझाव छ। 

ad
ad