१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १२:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

शंखधर साख्वाको जीवनीबाट प्रेरणा लिनुपर्छ : प्रधानमन्त्री देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:२७:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको जीवनबाट प्रेरणा लिनुपर्ने बताएका छन्। शुक्रबार भक्तपुरको ठिमीस्थित नेपाल संवतका प्रवर्तक साख्वाको प्रतिमामा माल्यार्पण गर्दै देशलाई योगदान दिने व्यक्ति विरलै पाइने बताए।

‘उहाँले ऋणमा रहेका नेपालीहरूलाई ऋणबाट मुक्त गर्नुभयो, उहाँजस्तो देशका लागि योगदान पुर्याउने व्यक्ति विरलै पाइन्छन्, उहाँको प्रेरणाबाट हामीले सिक्न जरुरी छ, आज मात्रै सार्वजनिक भएको नेपाल संवतको विद्युतीय पात्रो मोबाइल अब नेपाल संवतको निर्माणले हाम्रो दैनिक जीवनमा विविध सांस्कृतिक बोध गराउँछ, सरकारी कामकाजमा पनि सहयोग हुने विश्वास लिएको छु,’ देउवाले भने।
प्रधानमन्त्री देउवाले हरेक नेपालीहरूले  राष्ट्रिय विभूति साख्वाको जीवनीबाट सिकेर अघि बढ्न आवश्यक रहेको बताए। प्रधानमन्त्री देउवाले नेपाल संवतको विद्युतीय पात्रो सार्वजनिक भएकोमा खुसी व्यक्त गर्दै पात्रोले सांस्कृतिक कुराहरूको बोध गराउने बताए। 
 

ad
ad