मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १७ बुधबार २१:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सहरी विकासमन्त्री झाँक्री अस्पतालबाट डिस्चार्ज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १७ बुधबार २१:३८:००

सहरी विकासमन्त्री रामकुमारी झाँक्री वीर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । एक साताको उपचारपछि उनी बुधबार अस्पतालबाट डिस्चार्ज भएकी हुन् । 

संक्रमणको उच्च जोखिम कायम रहेको भन्दै उनले चिकित्सकको सल्लाहअनुसार अझै केही दिन भेटघाट गर्न असमर्थ रहेको जनाएकी छिन् । छातीमा निमोनिया संक्रमण भएपछि उनी एक हप्ताअघि अस्पताल भर्ना भएकी थिइन् । 

डिस्चार्ज भएपछि उनले सामाजिक सञ्जालमार्फत उपचारमा संलग्न चिकित्सक एवं स्वास्थ्यकर्मीहरू, अस्पताल प्रशासन, सुरक्षाकर्मी, मन्त्रालयका कर्मचारीलगायत स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार प्रकट गरेकी छिन् ।