तिहार नजिकिनै लाग्दा काठमाडौंको असनमा किनमेल गर्नेहरूको भिड बढ्न थालेको छ। व्यवसायीहरूले तिहारको लागि आवश्यक पर्ने सामग्रीहरू ल्याएसँगै असन तथा न्युरोड क्षेत्रमा किनमेल गर्नेहरूको भिडभाड बढेको हो।
तिहारमा बत्ती, दियो, पाला, टीका, भाइमसला, ढाका टोपीको बिक्री वितरण बढ्छ। उपत्यकाका अधिकांश सेवाग्राही तिहारको सामान किन्न यस क्षेत्रमा पुग्छन्। बत्ती, दियो, पाला, टीका, भाइमसला, ढाका टोपीलगायत घरायसी सामानहरू तिहारमा बढी खपत हुने गरेको व्यवसायीहरूको भनाइ छ। व्यवसायीहरूका अनुसार तिहारको लागि चाहिने अधिकांश सामानहरू भारतबाट ल्याइने गरिएको छ।
तस्बिरहरु :