१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १५ सोमबार
  • Saturday, 28 September, 2024
गणेश लम्साल विराटनगर
२o७८ कार्तिक १५ सोमबार o९:३२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिने   

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७८ कार्तिक १५ सोमबार o९:३२:oo

अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । ७ कात्तिकमा अन्तिम डेटलाइन भए पनि मुख्य विपक्षी दल कांग्रेसले संसद् बैठक स्थगित गराएपछि पदमुक्त हुनबाट जोगिएका मुख्यमन्त्री आचार्यले आज सोमबार दिउँसो विश्वासको मत लिने भएका हुन् ।आइतबार बसेको प्रदेश १ का पाँचवटा विपक्षी दलहरूको बैठकले कुनै बाधा नहाल्ने र मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरेका छन् । उनीहरूले सत्ताधारी दल एमालेको सरकार ढलेपछि एकीकृत समाजवादी दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय पनि गरेका छन्। 

७ कात्तिकमा मुख्य विपक्षी दल कांग्रेसले प्रधानमन्त्री भ्रमणमा आएको कारण देखाउँदै संसदको बैठक स्थगन गराउन प्रदेश सभा सचिवालयमा निवेदन दिएको थियो ।  एमालेले पनि पार्टी गतिविधिको कारण देखाउँदै १४ कात्तिकसम्म संसद् बैठक स्थगित गराउन निवेदन गरेको थियो । शेरधन राईले राजीनामा दिएपछि १० भदौमा भीमप्रसाद आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । पदमा नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिइसक्नुपर्ने भए पनि उनले २५ असोजमा मात्र प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्ताव दसैँपछि ५ कात्तिकमा प्रदेश सभामा प्रस्तुत भएको थियो । 

प्रदेश १ मा सभामुख र उपसभामुखसहित कुल ९२ सांसद छन् ।  सत्ताधारी दल एमालेमा सभामुखसहित जम्मा ४१ जना छन् । विपक्षी दल कांग्रेसमा २१, माओवादी केन्द्रमा १५ एकीकृत समाजवादीमा १०, जनता समाजवादीमा तीन, राप्रपामा एक र संघीय लोकतान्त्रिक मञ्चमा एकजना सांसद छन् । राप्रपाबाहेक सबै विपक्षीहरू गठबन्धनमा भएकाले उनीहरूको कुल ५० मत छ । यता एमालेका एकजना सांसद गुलेफन मियाँ फौजदारी अभियोगमा फरार भएको र सभामुखले निर्णायक मत मात्र दिन पाउने भएकोले ३९ मत मात्र बाँकी छ । राप्रपाले उनलाई समर्थन गरेमा उनले कुल ४० मत मात्र पाउनेछन् । जब कि उनलाई विश्वासको मत पुर्‍याउन ४७ जना सांसद आवश्यक पर्छ ।