१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १५ सोमबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक १५ सोमबार o७:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपाल लगातार तेस्रोपटक गोलविहीन हुँदै बाहिरियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक १५ सोमबार o७:१३:oo

नेपाली राष्ट्रिय यू–२३ युवा टोली लगातार तेस्रोपटक एएफसी यू–२३ एसिया कप छनोट फुटबल प्रतियोगितामा गोलविहीन हुँदै बाहिरिएको छ । ताजिकिस्तानमा सञ्चालन भइरहेको एएफसी यू–२३ एसिया कपको छनोटअन्तर्गत आइतबार नेपाल लेबनानसँग ४–० ले पराजित भयो । नेपालले यसअघिका दुई संस्करणमा पनि गोलविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । नेपालले अहिलेसम्म एएफसी यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । 

अघिल्लो दुई संस्करणमा पनि नेपालले गोल गर्न सकेको थिएन । चालू छनोट प्रतियोगितामा नेपालले तीन खेलमा १४ गोल व्यहोरेको छ । पहिलो खेलमा नेपाल इरानसँग ४–०, दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० तथा लेबनानसँग ४–० ले पराजित भएको हो । यसअघि लगातार दोस्रो खेलमा पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिसकेको थियो । नेपालले लेबनानविरुद्ध प्रतिष्ठा रक्षा गर्न मात्र प्रतिस्पर्धा गरेको थियो । 

लगातार खराब प्रदर्शन गरेका कारण नेपालले लेबनानविरुद्ध दोस्रो हाफमा तीन गोल खायो । नेपालविरुद्ध लेबनानका फरानले दुई गोल गरेका थिए । पहिलो हाफमा लेबनानले नेपालको पोस्टमा १–० गोल गरेको थियो । खेलको २६औँ मिनेटमा फरानले लेबनानलाई पहिलो गोलको अग्रता दिलाए । खेलको ४७औँ मिनेटमा फरानले व्यक्तिगत दोस्रो गोल गर्दा लेबनान २–० ले अघि बढ्यो । 

दोस्रो हाफमा नेपालले आठ मिनेटको अन्तरमा दुई गोल व्यहोरेको थियो । खेलको ७४औँ मिनेटमा मोहमद नासिरले लेबनानलाई ३–० को स्थितिमा राखे । खेलको ८४औँ मिनेटमा हैदरले लेबनानको जित ४–० ले पक्का पारे । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले राष्ट्रिय टोलीका ६ खेलाडी तथा सिनियर टोलीको अनुभव बोकेका थप पाँच खेलाडी सामावेश गरेका थिए । तर, अनुभवी खेलाडी भए पनि नेपालले कुनै पनि खेलमा विपक्षीलाई चुनौती दिन सकेन । यसपटक नेपालले डिफेन्स, मिडफिल्ड तथा फिनिसिङमा खराब प्रदर्शन ग¥यो । लेबनानले प्रतियोगितामा एक जित निकाली आफ्नो यात्रा सुखद बनाएको छ । 
 

ad
ad
ad
ad