१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १४ आइतबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका स्याङ्जा
२o७८ कार्तिक १४ आइतबार १४:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, स्याङ्जा
नयाँ पत्रिका
२o७८ कार्तिक १४ आइतबार १४:१४:oo

गाउँ सेवा परिवार बिर्घा, स्याङ्जाले कालीगण्डकी गाउँपालिकामा औषधि तथा स्वास्थ्य सामग्री वितरण गरेको छ। परिवारले कालीगण्डकी गाउँपालिका र बिर्घा स्वास्थ्य चौकीलाई अक्सिजन कन्सर्नट्रेटर, बाइपैप मेसिन, पिपिई सेट, सर्जिकल मास्क, कोभिड संक्रमित, बच्चा, महिलादेखि वृद्ध तथा दीर्घरोगीका औषधि, मल्टिभिटामिनलगायत अत्यावश्यक स्वास्थ्य सामग्रीहरू वितरण गरेको गाउँ सेवा परिवारका महासचिव राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिए।  

‘कोभिडको दोस्राे लहरको असर गाउँमा अझै बाँकी हुनुका साथै तेस्राे लहर आउन सक्ने उच्च सम्भावना रहेकोले पालिकावासीका लागि केही सहयोग पुगोस् भनी परिवारले समयमै अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको हो,’ पाण्डेले भने। 

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम थापाले नेपालको पुरानो सामाजिक संस्थामध्येको एक गाउँ सेवा परिवारले विगतमा विकास निर्माणदेखि शिक्षा तथा खेलकुदको क्षेत्रमा गरेको कार्यको उच्च प्रशंसा गर्दै पछिल्ला वर्षहरूमा परिवारले गरेको स्वास्थ्यसम्बन्धी निरन्तर सहयोगका लागि धन्यवाद दिए। गाउँ सेवा परिवारले कालीगण्डकी गाउँपालिकामा गत वर्षहरूमा एम्बुलेन्स, औषधि तथा  स्वास्थ्य सामग्री प्रदान गर्नुको साथै निःशुल्क शिविर पनि सञ्चालन गरेको थियो।

ad
ad
ad
ad