मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १३ शनिबार
  • Sunday, 05 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक १३ शनिबार १५:५५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

धितोपत्र  बोर्ड र नेप्सेको नेतृत्वका लागि आवेदन खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक १३ शनिबार १५:५५:oo

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) नेतृत्वको लागि आवदेन खुला गरिएको छ। नेतृत्वविहीन बनेको करिब दुई महिनापछि सरकारले बोर्ड अध्यक्ष र सिइओ बन्नका लागि बाटो खुला गरेको हो।

अर्थ मन्त्रालयले  बिहीबार नै यसबारे सूचना जारी गरिसकेको थियो। नेपाल स्टक एक्सचेन्ज पनि खाली रहेको अवस्थामा सिइओका लागि मन्त्रालयले तोकेको समितिले आवेदन खुल्ला गरेको हो। सरकारले राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको नेतृत्वमा समित गठन गरेको छ। उक्त समितिले जारी गरेको सूचनाअनुसार १५ दिनभित्र आवेदन दिन सकिनेछ। अब नियुक्ति हुने अध्यक्ष र सिइओको पद बाँकी अवधिका लागि मात्र हुनेछ।
 
धितोपत्र बोर्डको ऐन–६३ अन्तर्गत बीचमा अध्यक्ष वा सदस्य पद रिक्त हुन गएमा बाँकी अवधिभरका लागि चयन गरिने उल्लेख गरिएको छ। तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना २०७६ साल पुस २३ गते नियुक्ति भएर २०७८ साल  १९ असोजमा बर्खास्त भएका थिए। बुक विल्डिङ प्रक्रियामा अनियमितता गरेको भन्दै सरकारले उनलाई बर्खास्त गरेको हो। त्यस्तै, सिइओ पनि  सोही अनियमिततामा मुछिएका थिए। सरकारले बर्खास्त गरेपछि  तत्कालीन सिइओ चन्द्रसिंह साउदले अनुसन्धान गर्न बाटो खुला गरेको भन्दै राजीनामा दिएका थिए।

नेतृत्वमा दाबी गर्ने व्यक्ति धितोपत्र बोर्डको ऐनबमोजिम ३० वर्ष पुगी ६० वर्ष ननाघेको हुनुपर्नेछ। साथै, कुनै पनि फौजदारी अभियोग नलागेको र वित्तीय क्षेत्रमा कम्तिमा ७ वर्ष अनुभव हासिल गरेको हुनुपर्नेछ। तर,कानुनमा कुनै राजनीतिक दलसम्बन्धी सदस्यता भएको  व्यक्तिलाई अध्यक्ष नियुक्ति  गर्न नसकिने व्यवस्था भए पनि पछिल्लो समय दलीय आधारमा भाग लिने परम्परा कायम रहेको छ।