मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७८ कार्तिक १३ शनिबार १२:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार स्वतन्त्र न्यायालयको पक्षमा छ : सञ्चारमन्त्री कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७८ कार्तिक १३ शनिबार १२:४९:००

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार स्वतन्त्र न्यायालयको पक्षमा रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले जनताको विश्वासको धरोहर सर्वोच्च अदालतको गरिमा मजबुत बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।

वर्तमान सरकार मुलुकमा स्थिरता कायम गरी दिगो विकास गर्न क्रियाशील रहेको उल्लेख गर्दै मन्त्री कार्कीले सरकारले जनताको चाहनाअनुसार काम गर्ने बताए। उनले प्रदेश नम्बर १ को सरकारको नेतृत्व वर्तमान गठबन्धनको निर्णयअनुसार नै हुने स्पष्ट पारेका छन् । रासस