१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १२ शुक्रबार
  • Wednesday, 03 July, 2024
एएफसी यू–२३ एसिया कप छनोट प्रतियोगितामा नेपाल र ताजकिस्तान भिड्दै
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक १२ शुक्रबार o७:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपाल छनोट चरणबाट बाहिरियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक १२ शुक्रबार o७:२३:oo

नेपाली यू–२३ राष्ट्रिय फुटबल टोली एएफसी यू–२३ एसिया कप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । ताजकिस्तानमा सञ्चालन भइरहेको समूह बीको छनोट खेलमा नेपाल लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

नेपाल आयोजक ताजकिस्तानसँग ६–० को गोलअन्तरले पराजित भयो । यसअघि पहिलो खेलमा नेपाल बलियो प्रतिद्वन्द्वी इरानसँग ४–० ले  हारेको थियो । पहिलो खेलको तुलनामा दोस्रो खेलमा नेपाल कुनै पनि पक्षमा बलियो देखिएन । 

इरानसँगको प्रतिस्पर्धामा नेपालले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । तर ताजकिस्तानविरुद्ध भने नेपालले खेलको २४औँ मिनेटमै १–० ले पछि प¥यो । घरेलु मैदान रिपब्लिकन सेन्ट्रल रंगशालामा ताजकिस्तानलाई सेर्भोनीले अग्रता गोल गरेका थिए । नेपाल मध्यान्तरअघि ३–० ले पछाडि पर्‍यो । खेलको ३३औँ मिनेटमा सोलेहोभले २–० का लागि गोल गरे । खेलको ४१औँ मिनेटमा रुस्तम सोइलोभले ताजकिस्तानलाई तेस्रो गोलको अग्रता दिलाए । 

मध्यान्तरपछि पनि नेपाली युवा खेलाडीले सुधारिएको प्रदर्शन गर्न सकेनन् । निरन्तर रुपमा नेपाली खेलाडीले ताजकिस्तानको काउन्टर र एट्याकिङ खेलको सामना गरेका थिए । मध्यान्तरपछि थप सशक्त प्रस्तुत भए पनि ताजकिस्तानले तीन गोल मात्रै गर्‍यो । प्रतिस्पर्धामा नेपालको मिडफिल्ड तथा रक्षापंक्ति निकै कमजोर देखियो । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले अनुभवी खेलाडी मैदानमा उतारे पनि गतिलो प्रदर्शन गर्न सकेनन् । 

खेलको ६३औँ मिनेटमा अजिजबोएभले ताजिकिस्तानलाई ४–० को अग्रता दिलाए ।  त्यसको पाँच मिनेटपछि खानोनोभले पेनाल्टीमा गोल गर्दा नेपाल ५–० ले पछि पर्‍यो । खेलको ७२औँ मिनेटमा अखामादखोनले घरेलु टोलीलाई ६–० को सानदार जित दिलाउन सफल भए । 

ताजकिस्तानको दोस्रो जित
ताजकिस्तानले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । पहिलो खेलमा ताजकिस्तानले लेबनानलाई हराएको थियो । अब  नेपालले अन्तिम खेल लेबनानसँग आइतबार खेल्नेछ ।  इरान र ताजकिस्तानले लगातार दुई खेलमा जित निकाली समान ६ अंक जोडेका छन् । नेपाल र लेबनान अंकविहीन छन् । इरान र ताजकिस्तानबीच समूह विजेता नै अर्को चरणमा पुग्नेछ ।

यसै समूहमा इरानले लेबनानलाई २–० ले पराजित गरेको थियो । समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप प्रतियोगिता खेल्नेछ । दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली यू–२३ एसियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता १ देखि १९ जुन २०२२  सम्ममा हुनेछ । 

ad
ad
ad
ad