मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक १० बुधबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक १० बुधबार १७:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘मिस ह्यान्डलिङ' हुँदा सिंहदरबारमा गोली चल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक १० बुधबार १७:५९:oo

राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालकी पिएसओले बोकेको पेस्तोल भुइँमा खस्दा सिंहदरबारमा गोली चलेको छ। असइ अनुपमा भारतीले बोकेको पेस्तोल भुइँमा खस्दा गोली चलेको हो।

अपराह्नको करिब ५ बजे असइ भारतीले बोकेको पेस्तोल कम्मरबाट भुइँमा खसेको थियो। झुक्किएर पेस्तोल भुइँमा खस्दा गोली चलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए। उनका अनुसार गोली चल्दा कुनै क्षति भने भएको छैन। ‘मिस ह्यान्डलिङ भएर गोली चलेको हो, यसबारेमा हामीले बुझिसकेका छौँ,’ उनले भने।