मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ कार्तिक ९ मंगलबार
  • Wednesday, 02 September, 2026
२o७८ कार्तिक ९ मंगलबार १९:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश २ सरकारको निर्णय : दुई विश्वविद्यालय स्थापनासम्बन्धी अध्यादेश सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ९ मंगलबार १९:३८:oo

प्रदेश २ सरकारले विश्वविद्यालय स्थापनासम्बन्धी दुईवटा अध्यादेश सिफारिस गरेको छ। प्रदेश सरकारले पहिलोपटक अध्यादेशमार्फत कानुन ल्याउन लागेको हो। 

प्रदेश मन्त्रिपरिषद्को बैठकले वीरगन्जमा प्राविधिक विश्वविद्यालय र सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय स्थापनासम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको आन्तरिक मामिलामन्त्री भरतप्रसाद साहले बताए। प्रदेश प्रमुखबाट अध्यादेश जारी भएलगत्तै दुवै विश्वविद्यालय स्थापनाको बाटो खुला हुने साहले बताए। 

प्रदेशलाई कृषि र प्राविधि क्षेत्रका लागि चाहिने आवश्यक उच्चस्तरीय दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले समय सापेक्ष, व्यापक, व्यावहारिक र स्तरीय बनाउन प्रदेशस्तरीय कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएकोले नेपालको संविधानको धारा २०२ बमोजिम प्रदेश सभा सञ्चालनमा नरहेको अवस्थामा अध्यादेश सिफारिस गरेको मन्त्री साहले बताए। 

प्रदेशको प्रमुख प्रतिपक्षी दल लोसपाले सरकारले ल्याएको अध्यादेशको विरोध गरेको छ। सरकारले बिजनेस नदिई प्रदेश सभालाई स्थगित गरेर अध्यादेश ल्याउनु लोकतन्त्रको उपहार भएको लोसपाको टिप्पणी छ। 

लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनलले प्रदेश सभामा दुईतिहाइ बहुमत हुँदाहुँदै प्रदेश सरकारले चोरबाटोबाट अध्यादेश ल्याएको बताए।