मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ७ आइतबार
  • Tuesday, 17 December, 2024
२o७८ कार्तिक ७ आइतबार १८:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तुल्सीपुरमा गाडी दुर्घटना, एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ७ आइतबार १८:४३:oo

दाङको तुल्सीपुर उपमहानगरपालिका ६ मोतिपुरमा यात्रुबाहक गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घोराही उपमहानगरपालिका– १० का २८ वर्षीय प्रेम परियारको मृत्यु भएको हो । 

गम्भीर घाइते परियारलाई राप्ती प्रादेशिक अस्पताल तुल्सीपुर पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । आइतबार साँझ ५ बजेतिर घोराहीतर्फ जाँदै गरेको ना ६ ख ७६३३ नम्बरको गाडी दुर्घटना हुँदा अन्य २१ जना घाइते भएका छन् । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ ।