Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ कार्तिक ७ आइतबार ०९:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश २ का केन्द्रीय सदस्यसँग प्रचण्डको छुट्टै बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ कार्तिक ७ आइतबार ०९:२३:००

नेकपा माओवादी केन्द्र प्रदेश २ का केन्द्रीय सदस्यहरूको बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बसेको छ। प्रदेश २ मा देखिएको सांगठनिक विवाद समाधानका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रदेश २ का केन्द्रीय सदस्यहरूको बैठक बसेको हो।

शनिबारदेखि बसेको बैठक आज पनि जारी छ। २७ जना केन्द्रीय सदस्य सहभागी बैठकमा नारायणकाजी श्रेष्ठलगायत पार्टीका वरिष्ठ नेताहरू पनि उपस्थित छन्। प्रदेश २ मा गणेश साह माओवादीका इन्चार्ज छन्। विश्वनाथ साह र महेन्द्र पासवान सहइन्चार्ज छन्।

अध्यक्षमा प्रह्लाद बुढाथोकी रहेका छन्। मधेसमा माओवादी केन्द्रको सांगठनिक अवस्था र असन्तुष्ट नेताहरूको बारेमा परामर्श गर्नका लागि प्रचण्डले प्रदेश २ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूलाई बोलाएका हुन्।