१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
नयाँ पत्रिका सिन्धुली
२o८१ जेठ १३ आइतबार ११:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सिन्धुली
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार ११:४१:oo

मध्यपहाडी राजमार्गको सिन्धुलीखण्ड पहिरोका कारण अवरुद्ध भएको छ। गोलन्जोर गाउँपालिका– ६ हैबारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

अविरल वर्षाका कारण मध्यपहाडी राजमार्गस्थित खुर्कोट–घुर्मीखण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए। विभिन्न निकायसँग समन्यव गरेर सडक पुनः सञ्चालन गर्न प्रयत्न भइरहेको उनले बताए।

मंगलबारदेखि अवरुद्ध भएको सडक सञ्चालन नहुँदा सवारीसाधन तथा हजारौँ यात्रु बीचबाटोमै अलपत्र परेका छन्। पूर्वी पहाडी जिल्ला ओखलढुंगा, खोटाङ, उदयपुर, भोजपुरलगायतका जिल्लाबाट दसैँ सकेर राजधानी फर्केका तथा दसैँको अन्तिममा आफन्तजनकोमा आशीर्वाद थाप्न हिँडेका यात्री वर्षाका कारण बीचबाटोमै अलपत्र परेका हुन्। रासस

ad
ad