मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ कार्तिक २ मंगलबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७८ कार्तिक २ मंगलबार ११:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी स्थायी कमिटी बैठक : सम्मेलनको तालिका हेरफेर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ कार्तिक २ मंगलबार ११:४८:oo

सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले सम्मेलनको तालिकामा हेरफेर गरेको छ । मंगलबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले सम्मेलनको तालिकामा हेरफेर गरेको हो ।

बैठकले पार्टी सदस्यता नवीकरणका लागि कात्तिक २५ गतेसम्म म्याद थप गरेको छ भने टोल सम्मेलन कात्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म गर्ने गरी म्याद थप गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताए ।

उनले  एक सय ४९ जनाको सल्लाहकार समिति बनाउने निर्णय भएको, ९९ जनाको ज्येष्ठ कम्युनिस्ट मञ्च बनाइएको, पेसलकुमार पोखरेलको अध्यक्षतामा २५ सदस्यीय लेखा आयोग बनाइएको, टंक राईको अध्यक्षतामा २५ जनाको अनुशासन आयोग बनाइएको र एक सय ७५ जनाको विशेष समिति बनाइएको पनि बताए । 

माओवादी केन्द्रको अर्को स्थायी कमिटीको बैठक कात्तिक ४ गते बिहीबार बिहान ८ बजे बस्ने प्रवक्ता महराले बताए ।