१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १ सोमबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक १ सोमबार १२:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्रको बैठकमा आगामी सम्मेलनका विषयमा छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक १ सोमबार १२:४८:oo

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनको बारेमा छलफल भएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरू गठनलगायतको विषयमा छलफल भएको हो।

बैठकपछि पार्टीका प्रवक्ता कृष्णबहादुर महराले स्थायी कमिटीको बैठकमा विभिन्न विषय उठान भए पनि निष्कर्षमा नपुगिएको जानकारी दिए। उनले स्थायी कमिटीमा उठेका कुराहरूलाई छलफलपछि मात्रै निष्कर्षमा लैजाने बताए।

प्रवक्ता महराले भने, ‘आज नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक सुरु भयो। आज खास गरेर आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरू गठनको विषय प्रवेश गरेको छ। विषय निष्कर्षमा पुगेको छैन।’

पार्टीको अर्को स्थायी कमिटीको बैठक मंगलबार बिहान ८ बजे बस्नेछ। मंगलबारको बैठकपछि मात्रै स्थायी कमिटीमा उठेका कुराहरूको निर्णय गरिने प्रवक्ता महराले बताए।