Skip This
ad
अपांगता भएकालाई घरघरमै कोरोनाविरुद्धको खोप
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार o६:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

अपांगता भएकालाई घरघरमै कोरोनाविरुद्धको खोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o६:३३:oo

अपांगता भएका र शारीरिक रूपमा अशक्त व्यक्तिहरूलाई घरघरमै कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । धनगढी उपमहानगरपालिकाले नगरभित्र अपांगता भएका व्यक्तिलाई उनीहरूको घरघरमै गएर कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु गरेको हो ।

अभियानअन्तर्गत अपांगता भएका करिब दुई सयजनालाई उनीहरूको घरदैलोमै गएर खोप लगाइएको धनगढी उपमहानगरका कोरोना फोकल पर्सन लक्ष्मीराज उपाध्यायले जानकारी दिए । उपमहानगरका १९ वटै वडामा अपांगता भएका व्यक्तिलाई घरमै गएर खोप लगाउने अभियान सञ्चालन गरिने उपमहानगरले जनाएको छ ।

दसैँपछि पनि यो अभियानलाई केही दिन निरन्तरता दिइने उपाध्यायले जानकारी दिए । स्वास्थ्यकर्मीले घरघरमै गएर अपांगता भएका १८ वर्षभन्दा माथिका व्यक्तिलाई खोप लगाउन थालेका हुन् । घरमै गएर कोरोनाविरुद्धको खोप लगाउनुपर्ने संख्या करिब चार सय रहेको उपमहानगरको अनुमान छ । हिँडडुल गर्न नसकेकै कारण अपांगता भएका व्यक्तिहरू कोरोनाविरुद्धको खोपबाट वञ्चित हुन नपरोस् भनेर १९ असोजबाट अभियान थालिएको हो । 

उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टले अपांगता भएका कुनै पनि व्यक्ति खोपबाट वञ्चित नहोऊन् भनेर १९ वटै वडामा घरदैलो खोप अभियान सञ्चालन भइरहेको जानकारी दिइन् ।

ad
ad