मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अस्पतालमा उपचाररत घाइते
२०७८ असोज २४ आइतबार १९:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मोतीपुर झडपमा चारको मृत्यु , ३० जना घाइते

Read Time : < 1 मिनेट
२०७८ असोज २४ आइतबार १९:२६:००

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अधिग्रहण गरी बस्नेहरू र सुरक्षाकर्मीबीच भएको झडपमा परी चारजनाको मृत्यु भएको छ । घटनामा ३० भन्दा बढी घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मोतीपुर क्षेत्रमा कर्फ्यु लगाएको छ । झडपमा परी मृत्यु भएका कपिलवस्तु जिल्ला बाणगंगा १० निवासी ४८ वर्षीय रमेश परियारको मात्र सनाखत भएको छ । उनको उपचारका क्रममा मृत्यु भएको थियो । मृतकको साथमा श्रीमती रहेकाले उनको परिचय खुलेको अस्पतालले जनाएको छ । 

अन्य तीनजनाको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएकाले शवगृहमा राखिएको मेडिकल कलेज रानी गाउँ भैरहवाका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए । अस्पतालमा घाइते गुल्मी ४ रैतौलीका वर्ष ३३ का जंगबहादुर परियार, हुमिन ४ पाल्पाका वर्ष ३५ का गम्भीरसिंह डिसा, तानसेन १० पाल्पाका वर्ष ३८ का प्रेम विक, नवलपरासी प्रतापपुर ठूलो खरेताका वर्ष २२ का सरबेश केवटको उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीले साँझसम्म पनि समूहमा आउने र पछि तितरबितर हुने अवस्था रहेको बताए। झडपमा परी घाइते हुनेहरूको बुटवलको प्रादेशिक अस्पताल, भैरहवाको मेडिकल कलेजलगायतका अस्पतालहरूमा उपचार जारी रहेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक नवीन पौडेलले बताए ।  

मेडिकल कलेजमा प्रहरीहरू वर्ष २१ का महेन्द्र वली, वर्ष २२ का निरशंकर केसी, वर्ष २६ का सुरेन्द्र रोकाया र वर्ष ३० का खगेन्द्रप्रसाद यादवको उपचार भइरहेको छ । मोतीपुर औद्याेगिक क्षेत्रमा अस्थायी टहरा बनाएर बसेकालाई प्रहरीले हटाउन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।