मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २४ आइतबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २४ आइतबार १३:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजनीतिमा रिटायर्ड लाइफ बिताउन आएको होइन : नेता सिंह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २४ आइतबार १३:४७:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमा १४औँ महाधिवेशन सम्पन्न गरेर तत्कालै चुनावमा जानुपर्ने बताएका छन्। उनले संसद् प्रभावकारी बनेर चल्न नसकेकाले संसदीय मूल्य, मान्यताअनुरूप संसद्ले काम गर्न नपाएको अवस्थामा फ्रेस इलेक्सनमा जानुको विकल्प नरहेको बताएका हुन्।

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका– २२ ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विगतको कमजोरीबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने बताए। उनले पार्टीभित्रको एउटा समूह सुरुदेखि नै आफूविरुद्ध भ्रम फैलाउन लागेको आरोप लगाए। गणेशमान र मंगलादेवीको छोरा भएर विरासतको राजनीति गर्‍याे भन्ने आरोपको उनले कडा प्रतिवाद गरेका हुन्।

नेता सिंहले आफूले बाबुआमाको नामबाट राजनीति नगरेको भन्दै सामान्य कार्यकर्ताजस्तै विद्यार्थी राजनीतिबाट आएको बताए। ‘एकथरीले पार्टीभित्रका राजकुमार भनेर हल्ला फैलाएका छन्। सभापतिको तयारीमा लागेपछि केही नियोजित रूपमा मविरुद्ध गलत प्रचार गर्न थालिएको छ,’ उनले भने, ‘रिटायर्डलाइफ बिताउन राजनीतिमा लागेकाहरूको दौडधुपलाई पनि बुझ्न आग्रह गर्छु।’

उनले लोकतन्त्र बचाउन कांग्रेस बलियो हुनुपर्छ र बलियो कांग्रेसका लागि नेतृत्व परिवर्तन अपरिहार्य रहेको बताए।