१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o६:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सातौँ नेपालगन्ज  म्याराथन ४ मंसिरमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:१३:oo

सातौँ धारा नेपालगन्ज म्याराथन ४ मंसिरमा हुने भएको छ । पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगन्जलाई विश्वभर चिनाउने उद्देश्यले सातौँ संस्करणको म्याराथन आयोजना हुन लागेको हो । 

अघिल्ला वर्षहरूमा जस्तै म्याराथनमा १० वटा इभेन्ट हुने आयोजक क्रियटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरीले बताए । कोरोना महामारीका कारण गत वर्ष म्याराथन सञ्चालन गर्न नसकिएको र यसपटक उत्सवमय बनाउने उनले बताए ।

सातौँ संस्करणमा म्याराथन (४२.१९५ किमि), हाफ म्याराथन (२१ किमि), १० किलोमिटर पुरुष खुला, पाँच किलोमिटर महिला खुला, पाँच किलोमिटर स्कुलस्तरीय छात्र, तीन किलोमिटर स्कुलस्तरीय छात्रा, किड्स रन (८–१२ वर्ष), दुई किलोमिटर कर्पोरेट रन, वाकाथन र ह्विलचियर प्रतियोगिता रहेका अध्यक्ष ठकुरीले जानकारी दिए । उनले म्याराथनमा सहभागी हुन चाहने जोसुकैले वेबसाइटमार्फत नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाएको बताए ।
 

ad
ad