१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख २१ शुक्रबार o९:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पर्सामा कार्यरत २४ प्रहरीमाथि विभागीय कारबाही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:३९:oo

जिल्ला प्रहरी कार्यालय पर्साले गत आर्थिक वर्ष ०७७/७८ देखि हालसम्म २४ जना प्रहरीलाई विभागीय कारबाही गरेको जनाएको छ ।  पछिल्लो समयमा जिल्लामा कार्यरत प्रहरीहरूले प्रहरी नियमावलीविपरीत कामकारबाही गरेको आरोपमा कारबाहीमा परेको पर्सा प्रहरीको भनाइ छ । प्रहरी नियमावलीविपरीत कामकारबाही गरेको आरोपमा प्रहरी नायब निरीक्षकदेखि प्रहरी जवानसम्म कारबाहीमा परेको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । 

उनका अनुसार विभिन्न समयमा तीनजना प्रहरी विभिन्न फौजदारी मुद्दामा पनि परेको पाण्डेले बताए । यसअघि आर्थिक वर्ष ०७६/७७ मा पनि पर्सामा कार्यरत १२ जना प्रहरी कारबाहीमा परेका थिए । प्रहरीको तथ्यांकले एक प्रहरी नायब निरीक्षक र तीन प्रहरी सहायक निरीक्षकसहित १२ जना प्रहरी विभागीय कारबाहीमा परेको देखाएको छ । 

प्रहरी अचारणविपरीत काम गरेको आरोपमा कारबाही गरिएका १२ जनामध्ये ६ जना निलम्बनमा समेत परेका थिए । निलम्बनमा पर्नेमध्ये एकजना प्रहरी सहायक निरीक्षक, एक हवल्दार र चारजना प्रहरी जवान रहेको पर्सा प्रहरीले जनाएको छ । 
 

ad
ad