मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २० बुधबार
  • Wednesday, 18 December, 2024
२o७८ असोज २० बुधबार o६:o३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राष्ट्रिय ए डिभिजन लिग फुटसल, शीर्ष चार टोली छनोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २० बुधबार o६:o३:oo

पोखरामा जारी राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगितामा लिग चरणका खेलहरू सम्पन्न भएका छन् । १० टोली सहभागी लिगमा सबै टोलीले समान ९–९ खेल खेलेका छन् । लिगका खेल सम्पन्नसँगै चार टोली क्वालिफायर राउन्डमा प्रवेश गर्दा चार टोली लिग चरणबाट बाहिरिए भने दुई टोली रेलिगेसनमा परेका छन् ।

लिग चरणका खेल सकिँदा घरेलु टोली स्पोर्टस् क्यासल २२ अंकका साथ शीर्ष स्थानमा छ । १९ अंकका साथ धरानको द राइजिङ क्लब दोस्रो, शंखमूल फुटसल १८ अंकका साथ तेस्रो र अर्को घरेलु टोली सबिन मेमोरियल फुटसल क्लब १६ अंकसहित चौथो स्थानमा छ । 

फुटसल फाइभ धरान १४ अंकका साथ पाँचौँ, ढुकु फुटसल हब १३ अंकका साथ छैटाैं, मच्छिन्द्र स्काई गोल्स १३ अंकका साथ सातौँ र प्रभातफेरी युथ क्लब १३ अंकका साथ आठौँ स्थानमा रहँदै ए डिभिजनमा रहन सफल भए । यसैगरी चार अंक बटुलेको लुम्बिनी फुटसल र अंक जोड्न नसकेको झरना स्पोट्र्स क्लब रेलिगेसनमा परेसँगै ए डिभिजनबाट घटुवा भएका छन् । 

लिग विजेता छनोटका लागि अझै तीन खेल बाँकी छ । पहिलो स्थानमा रहेको क्यासल र दोस्रो स्थानमा रहेको राइजिङबीचको खेलको विजेता सीधै फाइनलमा प्रवेश गर्नेछ । क्यासल र राइजिङबीच हुने खेलमा पराजित टोलीले तेस्रो स्थानमा रहेको शंखमूल र सबिनबीच हुने खेलको विजेतासँग फाइनल प्रवेशका लागि भिड्नेछ ।