१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १९ मंगलबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १९ मंगलबार १७:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंमा चाडपर्वलक्षित बजार अनुगमन तीव्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १९ मंगलबार १७:२५:oo

सरकारले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार चाडपर्वलाई लक्षित गरी काठमाडौंको न्युरोड र मख्खनगल्लीमा अनुगमन गरेको छ ।

बजार अनुगमनपछि विभागका निरीक्षण अधिकृत अमितकुमार झाले न्युरोड र मख्खनगल्लीमा ७ वटा भन्दा धेरै पसलहरूमा अनुगमन गरेको बताए । लत्ताकपडा तथा खाद्य सामग्री पसलमा गरिएको अनुगमनमा खरिदबिक्री बिलमा मुख्य समस्या देखिएको बताए । तीनजनालाई तत्काल जरिवाना गरेको र अनुगमनका क्रममा पसलमा नभएका तीन व्यापारीलाई विभागमा तीन दिनभित्र उपस्थित हुन भनिएको झाले जानकारी दिए ।

‘हामीले चाडपर्वलाई लक्षित गरेर बजार अनुगमन तीव्र बनाएका छौँ । आज न्युरोड र मख्खनगल्लीमा हाम्रो टोलीले अनुगमन गरेको छ । त्यहाँका सातवटा भन्दा धेरै पसलहरूमा अनुगमन गरेका छौँ । त्यसमध्ये तीनवटालाई तत्काल कारबाही गरेका छौँ भने बाँकी तीनवटालाई विभागमा बोलाएका छौँ,’ उनले भने।