मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज १६ शनिबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौँ
२o७८ असोज १६ शनिबार १५:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेसँग प्रतिवाद गरेर अघि बढ्न नेता-कार्यकर्तालाई प्रचण्डको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७८ असोज १६ शनिबार १५:३५:oo

सत्तासाझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता-कार्यकर्तालाई निर्देशन दिएका छन्। अध्यक्ष दाहालले एमाले नेता, कार्यकर्तालाई जाली, फटाहाको संज्ञा दिँदै उनीहरुको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने निष्कर्षसमेत सुनाए। 

पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अवको डेढ वर्ष एमाले गणतन्त्रविरोधी, संघीयता विरोधी रहेको भन्दै जनतामा जान पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। त्यो भयो भने एमालेजस्तो जाली, फटाहा भएको पार्टी थरर्र काम्ने र जनताले आफ्नो पार्टीलाई निर्वाचन जिताउने अध्यक्ष दाहालको दावी छ।

अध्यक्ष दाहालले आफ्ना पार्टीका लडाकु कार्यकर्तामाथि एमालेले आक्रमण गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसो गरियो भने आफ्नो पार्टीले एमालेविरुद्ध देशभर प्रतिवाद गर्ने चेतावनीसमेत दिए। उनले भने,‘केपीको हातमा नेतृत्व छ र उनले फेरी एकचोटी माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन्। उनले डेढ वर्षभित्र हामी सरकारमा जान्छौँ भनेका छन्। देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिदैन। यी जाल फटाहाहरुले अहिले हामीलाई हेप्न खोजेका छन् नि। तिनको सातो खाने। पहिलो आयो है माओवादी भनेपछि जाली फटाहा थरर्र हुन्थे। छाती खोलेर भन्नु होलीले ल्याएको हो गणतन्त्र। हामीले बनाएको हो संविधान। यिनीहरु विरोधि हुन भन्दै हिँडनुहोस्। पार्टी कमिटी बनाउनुस्, जनतामा जानुस्। को बेइमान हो बुझाउनुस्। डेढ वर्ष आँखा चिम्लेर मेहनत गरौँ। यो देश हामीले बचाउनु पर्छ, गणतन्त्र हामीले बचाउनु पर्छ। देशको रक्षा गर्नु पर्छ।’