युथ कांग्रेस नेपालले महिनावारीसम्बन्धी सम्पूर्ण सामग्रीहरूमा लाग्ने गरेको हरेक प्रकारको कर हटाउन माग गर्दै सांकेतिक विरोध गरेको छ । शुक्रबार युथ कांग्रेसले महिलाहरूको प्रजनन स्वास्थ्यसम्बन्धी मुख्य पाटो स्यानिटरी प्याड, टेम्पोनजस्ता अन्य सामाग्रीहरू महिलाहरूको पहुँचमा अझै पुग्न नसकेको भन्दै सांकेतिक विरोध गरेका हुन् ।
नेपालको संविधानको धारा ३८ ले महिला हकअन्तर्गत महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी मौलिक हक हुने भनी व्यवस्था गरे तापनि सोलाई वास्तविकतामा उतार्न नसकेको भन्दै विरोध गर्दै आइरहेको छ । काठमाडौंको माइतिघरस्थित देखिएका केही दृश्य :