१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १४ बिहीबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १४ बिहीबार १५:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अध्यागमन कार्यविधि संशोधन : खाडी, मलेसिया, थाइल्यान्ड जान २५० डलर बोके पुग्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १४ बिहीबार १५:३६:oo

सरकारले ‘अध्यागमन कार्यविधि, २०६५’ संशोधन गरेको छ। बुधबार गृह मन्त्रालयको मन्त्रीस्तरीय कार्यविधिको दफा ३.१ को उपदफा (२)को खण्ड (घ) संशोधन गरी विदेश जाँदा नेपाली नागरिकले बोक्न पाउने विदेशी मुद्राको दर तोकेको हो। 

मन्त्रालयको सीमा तथा अध्यागमन शाखाका अनुसार यसअघि खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको पत्र वा साथमा न्यूनतम पाँच सय अमेरिकी डलर वा उक्त रकमबराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण’ आवश्यक पर्ने भन्ने व्यवस्थामा परिवर्तन गरिएको हो। 
 
संशोधित व्यवस्थाअनुसार युरोप, अमेरिका, जापान, कोरिया जानेको हकमा खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको पत्र वा साथमा पाँच सय अमेरिकी डलर वा उक्त रकमबराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण भए पुग्नेछ।

त्यस्तै, खाडी मुलुक, सार्क राष्ट्र, मलेसिया, थाइल्यान्डको हकमा दुई सय ५० डलर र यसबाहेकका देशहरूमा पाँच अमेरिकी डलर वा सो रकमबराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण चाहिने व्यवस्था गरिएको छ।

संशोधित कार्यविधिमा विदेशी मुद्रा नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त क वर्गको बैंकबाट सटही गर्ने र सटही गर्दा व्यक्ति स्वयं उपस्थित भएर आयस्रोत खुलाउनुपर्ने  अनिवार्य व्यवस्था समावेश गरिएको छ।