मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १३ बुधबार
  • Thursday, 19 December, 2024
२o७८ असोज १३ बुधबार o६:o५:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

खोप सहज भए पनि रेबिज उन्मूलन चुनौतीपूर्ण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज १३ बुधबार o६:o५:oo

रेबिजविरुद्धको खोप सर्वसुलभ हुँदाहुँदै पनि विश्वभरि नै रोग उन्मूलन चुनौतीपूर्ण बनेको छ । जनचेतनाको कमी, कुकुरसहित घरपालुवा जनावार र मानिसलाई रेबिजविरुद्धको खोप लगाउने कार्यक्रम प्रभावकारी नहुँदा रेबिज निर्मूलको लक्ष्य पूरा हुन नसकेको हो ।

रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार नेपालमा हरेक वर्ष एक सयभन्दा बढी मानिसको रेबिजका कारण मृत्यु हुने गरेको छ । नेपालले सन् २०३० सम्ममा रेबिजबाट हुने मृत्युदर शून्यमा झार्ने लक्ष्य लिए पनि स्थानीय स्तरसम्म जनचेतना पुर्‍याउन नसक्दा रेबिज रोग विकराल बनिरहेको छ । रेबिजका कारण विश्वमा प्रत्येक वर्ष ३० लाखभन्दा बढी मानिस प्रभावित हुने गरेको विभिन्न अध्ययनले देखाउँछन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वभर हरेक वर्ष करिब ६० हजारको मृत्यु र ३७ लाखभन्दा बढी प्रभावित हुने गरेका छन् ।

 रेबिजको असर  सीधै मस्तिष्कमा
रेबिज संक्रमणबाट सीधै मस्तिष्कमा असर गर्छ । यहीकारण रेबिज संक्रमणबाट अशक्त हुनेको संख्या हरेक वर्ष बढ्दो छ । रेबिज उन्मूलनका लागि घरपालुवा कुकुर र संक्रमण सार्न सक्ने जनावरमा रेबिजविरुद्धको सुई लगाउन विज्ञहरूको सुझाब छ । 

विश्व स्वास्थ्य संगठनले नेपालमा रेबिजका कारण वार्षिक करिब सयजनाको मृत्यु हुने अनुमान गरे पनि सरकारसँग भने कुनै आधिकारिक तथ्यांक छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रक महाशाखा (इडिसिडी)को तथ्यांकअनुसार आव २०७५/०७६ मा १८ र २०७४/७५ मा ३२ जनाको रेबिजका कारण मृत्यु भएको थियो ।

कोभिड महामारी सुरु भएयता रेबिजका कारण मृत्यु हुनेको तथ्यांक नै संकलन भएको छैन । यस्तै स्वास्थ्य सेवा विभागको अर्को तथ्यांकअनुसार कुकुरको टोकाइबाट हुन सक्ने रेबिजविरुद्धको सुई र परीक्षणका लागि बर्सेनि हजारांँ प्रभावित अस्पताल पुग्ने गरेका छन् । 

बच्ने कसरी ?
रेबिजविरुद्धको खोप मानिस र जनावर दुइटैका लागि उपलब्ध छ । घरपालुवा जनावरमा बर्सेनि खोप लगाउने र अन्य जनावरले टोकेमा पनि तुरुन्तै रेबिजविरुद्धको पूर्ण खोप लगाए संक्रमणबाट बच्न सकिन्छ । 

 मस्तिष्कमा संक्रमण नफैलुन्जेलसम्म खासै लक्षणहरू देखिँदैनन् 
 डा. प्रभाकर शाह

रेबिज राब्ड्रो परिवारको लिसा भाइरसको संक्रमणबाट हुने गर्छ । यो भाइरस जनावरको टोकाइबाट र्‍यालको माध्यमबाट घाउसम्म पुग्छ । भाइरसले छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा मस्तिष्कमा असर गर्छ । 

सामान्यतया मस्तिष्कमा संक्रमण नफैलुन्जेलसम्म खासै लक्षणहरू देखा पर्दैनन् । संक्रमण फैलिँदै गएपछि मसिना स्नायुबाट भाइरस र्‍याल ग्रन्थी, छाला, आँखाको कोर्निया र अन्य अंगहरूमा पुग्ने गर्छ । संक्रमित जनावरले टोक्दा एकबाट अर्कोमा सजिलै फैलिन्छ । 

मानिसमा देखिनेमध्ये ९५ देखि ९९ प्रतिशतसम्म रेबिज बहुला कुकुरको टोकाइबाट सर्ने गर्छ । यसबाहेक अन्य जनावरहरू जस्तै बिरालो, न्याउरी मुसा, स्याल, ब्वाँसो, फ्याउरो र अन्य मांसाहारी जनावरको टोकाइबाट पनि रोग सर्न सक्छ । रेबिज भाइरस शरीरमा पसेपछि रोगको लक्षण देखिन २०–९० दिनसम्म लाग्छ । तर, कहिलेकाहीँ एक वर्षभन्दा बढी पनि लाग्न सक्छ । 

 यस्ता छन् लक्षण
सुरुवातमा रेबिजका लक्षण सामान्य देखिन्छ । बिस्तारै संक्रमण जटिल बन्दै जान्छ । अधिकांशमा जनावरले टोकेको भागमा दुख्ने र चिलाउने, दुईदेखि चार दिनसम्म ज्वरो आउने, टाउको दुख्ने, शरीरका मांसपेशी दुख्ने घाँटी दुख्ने हुन्छ । बिस्तारै हल्लाखल्ला वा ठूलो आवाजबाट तर्सने, चम्किलो, उज्यालो वा हावा सहन नसक्ने, अध्याँरो सुनसान कोठामा एक्लै बस्न रुचाउने हुन्छ । साथै चिड्चिडाहट हुने, रिसाउने, पानीसँग डराउने, पछिल्लो अवस्थामा पानी देख्नासाथ घाँटी तन्काउनेजस्ता लक्षण देखिन्छ । समयमै उपचार गर्न नसकेमा ¥याल चुहाउने, अरूलाई टोक्न खोज्ने, बिस्तारै हातगोडा नचल्ने हुँदै बिरामीको मृत्यु हुन्छ ।