एमसिसी संशोधन हुँदैन : परराष्ट्रमन्त्री खड्का

मंगलबार, १२ असोज, २०७८
डिजिटल संस्करण

परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसज (एमसिसी) संशोधन हुन नसक्ने टिप्पणी गर्दै राजनीतिक सहमतिमा पास गर्ने वा नगर्ने टुंगो लगाउनुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका खड्काले गैरआवासीय नेपाली संघद्वारा आयोजित कार्यक्रममा एमसिसीबारे सैद्धान्तिक विवाद खडा गर्नु आवश्यक नभएको पनि उल्लेख गरे । 

एमसिसी जस्ताको तस्तै पारित गर्न नहुने सत्तारुढ माओवादी र एकीकृत समाजवादी पार्टीका नेताहरूले बताइरहेका वेला परराष्ट्रमन्त्री खड्काले एमसिसी संशोधन नहुने बताएका हुन् । ‘एमसिसी हामीले मागेको परियोजना हो ।

यो सम्झौता हुने वेलामा कांग्रेस एक्लै सरकारमा थिएन, त्यो वेला सत्तारुढ दल कसैले पनि यसबारे चर्चा गरेका छैनन्,’ खड्काले भने, ‘एमसिसी संशोधनको कुरा अमेरिकीहरूले मान्दैनन् । किन मान्दैनन् भने यो एउटा निश्चित ढाँचामा हुन्छ, सबै देशमा एउटै ढाँचा लागू हुन्छ । एउटा देशको संशोधन गर्दा सबै देशको सम्झौता संशोधन गर्नुपर्छ । त्यसकारण एमसिसी अमेरिकाले संशोधन गर्दैन ।’

सुझावित समाचार