मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १२ मंगलबार
  • Wednesday, 18 December, 2024
२o७८ असोज १२ मंगलबार o६:४४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पोखरामा मिनी सडक महोत्सव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज १२ मंगलबार o६:४४:oo

विश्व पर्यटन दिवसको अवसरमा सोमबार पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा एकदिने मिनी सडक महोत्सव आयोजना गरिएको छ । प्रत्येक वर्षको २७ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाइन्छ ।  रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराले पर्यटन प्रवद्र्धन गर्र्ने उद्देश्यसहित महोत्सव आयोजना गरेको हो । दिवसको अवसरमा १६ वर्षदेखि रेवानले महोत्सव आयोजना गर्दै आएको रेवान पोखराका अध्यक्ष लक्षमण बरालले जानकारी दिए । पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ छ ।

लेकसाइडको वाराहीचोकदेखि खहरेचोकसम्म बेलुका ५:३० बजेदेखि सुरु भएको महोत्सव राति अबेरसम्म चलेको छ । एकदिने महोत्सवमा सडकमै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको परिकार, नेपालका विभिन्न जातीय तथा धार्मिक संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, साहसिक खेलकुद तथा पर्यटकीय आकर्षण वृत्तचित्रको प्रदर्शनी, लाइभ ब्यान्ड, पञ्चेबाजा, गन्धर्व गायन र सडकमै मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो । यस्तै स्थानीय होटेल रेस्टुरेन्टहरूले सडकमै किचेन स्थापना गरी पर्यटकलाई सेवा दिएका थिए ।


पर्यटन दिवसलाई लक्षित गर्दै नेपालस्थित राजदूत तथा विकास साझेदार संस्थाका प्रमुखका लागि आयोजना गरेको विशेष कार्यक्रममा सहभागी हुन आइतबार पोखरा आएका ११ देशका राजदूत सोमबार दिनभर घुमघाममा व्यस्त रहेका थिए । गण्डकी प्रदेश सरकारको निमन्त्रणा र परराष्ट्र मन्त्रालयको संयोजनमा राजदूतसहित कूटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधिसहित २८ जनाको टोली पोखरा आएको थियो । उनीहरू साँझ ६ बजेदेखि पोखराको प्रमुख पर्यटकीयस्थल लेकसाइडमा आयोजित महोत्सवमा सहभागी भएका थिए ।