१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ११ सोमबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ११ सोमबार १८:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय  (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ११ सोमबार १८:५५:oo

मन्त्रिपरिषद् बैठकले विपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पुरस्कार स्थापना गर्नेलगायतका निर्णय गरेको हो ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बैठकले सार्वजनिक पद धारण गर्ने व्यक्तिको शपथसम्बन्धी विधेयक संसदमा पेस गर्न स्वीकृति दिने, रासायनिक मल नियन्त्रण (दाेस्रो संशोधन)२०७८’ स्वीकृत गर्ने, तेजाब तथा अन्य घातक रासायनिक पदार्थकाे नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संसदमा पेस गर्न स्वीकृति दिने, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरिवेक्षण र समन्वय ऐन, २०७६’ लाई संशोधन गर्न बनेको विधेयकलाई संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । 

यसका साथै बैठकले शिखर नगरपालिकालाई प्रशासनिक भवन निर्माणका लागि सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने, समाज कल्याण परिषद्का उपाध्यक्ष पद्मप्रसाद खतिवडा, कोषाध्यक्ष लोकराज सुवेदी,सदस्यसचिव पुष्कर खाती र सदस्यहरू मणिराम बञ्जाडे, गोबिन्दबहादुर शाही, नानीमाया थापा, ब्रह्मध्वज गुरुङ र सुशीला ज्ञवालीको राजीनामा स्वीकृत गर्ने र विष्णुप्रसाद सुवेदीलाई गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।