मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज ११ सोमबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ११ सोमबार १६:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१४ सांसदलाई पदमुक्त गराउने एमालेको माग सम्बोधन गर्न सकिन्न : शशांक कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ११ सोमबार १६:४६:oo

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभामुख अग्निप्रसाद सापकोटाले माधव नेपालसहितका १४ सांसदहरूलाई पदमुक्त गराउने एमालेको माग सम्बोधन गर्न नसक्ने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

महामन्त्री कोइरालाले अध्यादेशबाट दल विभाजन भइसकेको अवस्थामा सभामुख सापकोटाले नेपालसहितका सांसदहरूलाई पदमुक्त गराउनुपर्ने नेकपा एमालेको माग पूरा गर्न नसक्ने प्रतिक्रिया दिएका हुन् । ‘उनीहरूले के भन्छन् भने माधवकुमार नेपालसहित जति पनि सांसदहरू छन्, उनीहरूलाई निष्कासन गर्नुस् । त्यो त सभामुखले गर्न सक्नुहुन्न । यसैमा विरोध भइरहेको छ । हाम्रो धारणा के हो भने अब विधेयक आइसकेको छ । २० प्रतिशतले टुक्रयाउन चाहन्छ भने टुक्रिन्छ।’

महामन्त्री कोइरालाले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्न सरकारले विधेयक ल्याउन लागेको पनि उल्लेख गरे ।