सवारी दुर्घटनामा एकको मृत्यु भएपछि झापामा स्थानीयले पूर्व–पश्चिम राजमाग अवरुद्ध गरेका छन् । सोमबार बिहान प्रदेश नम्बर–०३–००१क ००९५ नम्बरको टिपरले को.२च २६३२ नम्बरको हाथी गाडीलाई ठक्कर दिएको थियो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत माईधारमा टिपरले ठक्कर दिँदा हाथी गाडीको चालकको मृत्यु भएको थियो । मृत्यु हुनेमा गाडीचालक दमक– ९ का अन्दाजी ४० वर्षीष नेत्र खड्का रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
माईधारमा ट्राफिकको चेकिङमा ‘स्लो’ गर्ने क्रममा उक्त गाडीलाई टिपरले ठक्कर दिएको थियो । स्थानीयले ट्राफिकले गलत ठाउँमा चेकिङ गरेको भन्दै सडक अवरुद्ध गरेका छन् । उनीहरूले सडकमा टायर बालेर सडक अवरुद्ध गराएका हुन् । सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।