१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ११ सोमबार
  • Friday, 05 July, 2024
तस्बिर: ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ११ सोमबार o६:२२:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

इपिएल : चितवनले अन्तिम बलमा विराटनगरलाई हरायो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ११ सोमबार o६:२२:oo

चौथो एभरेष्ट प्रिमियर लिग (इपिएल)को आइतबार सम्पन्न खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई दुई विकेटले हराउँदै महत्वपूर्ण दुई अंक जोडेको छ । पहिलो ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा एक सय ५१ रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा चितवनले पनि २० ओभरमा आठ विकेटको नोक्सानीमा एक सय ५५ रन जोड्दै नाटकीय जित निकाल्यो । जितमा राजेश पुलामीले सर्वाधिक ४३ रनको योगदान दिए । 

अन्तिम ओभरमा दुई रन आवश्यक
लक्ष्य पछ्याएको इनिङ्सको अन्तिम २०औँ ओभरमा चितवनलाई ६ बलमा केवल दुई रन मात्र आवश्यक थियो । क्रिजमा पुलामी तथा कमल ऐरी थिए । १८.६औँ ओभरको अन्तिम बलमा एक रन लिएका कमल स्ट्राइकमै रहे । १९.१ ओभरमै अनिल खरेलले कमललाई बोल्ड गरे । १०औँ क्रममा ब्याट्सम्यान साहाब आलमले १९.३ ओभरमा एक रन लिँदै क्रिजमा सेट रहेका ब्याट्सम्यान पुलामीलाई स्ट्राइक दिए । साहाबले एक रन लिएपछि स्कोर टाई भयो । चितवनलाई एक रन चाहिएको थियो ।

विराटनगरलाई कम्तीमा खेलमा एक अंक बटुल्न चितवनको दुई विकेट लिनुपर्ने थियो । अनिलले लगातार दुई बल (१९.४ र १९.५) मा रन दिएनन् । इनिङ्सकै अन्तिम बलबाट जित वा टाई हुने निश्चित हुने तय भयो । पुलामीले अनिलको बलमा चौका प्रहार गर्दै चितवनलाई रोमाञ्चक दुई विकेटको जित दिलाए । खेलमा नायक बनेका पुलामीले ३९ बलमा समान दुई चौका र दुई छक्का प्रहार गरी ४३ रन बटुले । 

मध्यक्रमले जिताए चितवनलाई
विराटनगरका बलरले निकै कसिलो बलिङ गरेका कारण चिवतनले लक्ष्य पछ्याउँदा निकै मिहिनेत गर्नुपरेको हो । चितवनले पहिलो दुई विकेट २३ रनमा गुमाएको थियो । अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान मोहमद सहजादले एक रन मात्र बनाएर आफ्नो विकेट प्रतिश जिसीलाई दिए । अर्का ओपनर ईशान पाण्डेले सात बलमा एक चौका र एक छक्काको सहयोगमा १० रन बनाए । त्यसपछि चितवनको इनिङ्समा मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरे । भीम सार्की, दिलीप नाथ, राजेश पुलामी तथा करिम जनतबीचको साझेदारीका कारण नै चितवनको जित सम्भव भयो ।

भीम र दिलीपले तेस्रो विकेटका लागि २९ रन जोड्दै टोलीलाई ५.३ ओभरमा ५२–३ को स्थितिमा राखे । भीमले ११ बलमा पाँच चौका र एक छक्का प्रहार गरी ३० रनको योगदान दिए । त्यसपछि दिलीप र पुलामीबीच चौथो विकेटका लागि २७ रनको साझेदारी भयो । जिम्बावेका सिकन्दर राजाको ओभरमा क्याच आउट हुनुअघि दिलीपले २१ बलमा दुई छक्का र एक चौका प्रहार गरी २३ रन बनाए ।

पुलामी र करिमबीच पाँचौँ विकेटका लागि ३२ रनको महत्वपूर्ण साझेदारी भयो । करिमले १९ रन जोडे । कप्तान सोमपाल कामीले पुलामीसँग छैटोँ विकेट लागी ३१ रनको साझेदारी गर्दै चितवनलाई जितको नजिक पुर्‍याए । सोमपाल आउट हुँदा चितवनलाई १० रन चाहिएको थियो । चितवनको ब्याटिङमा पाँचजना ब्याट्सम्यानले दोहोरो रन नै बनाउन सकेनन् । 

 पोखरा र भैरहवाले अंक बाँडे
इपिएलको तेस्रो खेल पोखरा र राइनोज र भैरहवा ग्लाडिएटर्सबीच थियो । भारी वर्षाका कारण यो खेलको पहिलो इनिङ्स पूरा हुन सकेन । जसका कारण अम्पायरले दुवै टोलीलाई एक–एक अंक बाँडे । पोखराले पहिलो ब्याटिङ गरेको थियो । वर्षा कारण खेल स्थगित हुनुअघि पोखराले १०.१ ओभरमा सात विकेट गुमाएर ६५ रन मात्र जोडेको थियो ।

 पहिलो दिनको खेलमा बलर हाबी, दोस्रो दिन ब्याट्सम्यान 
इपिएलको उद्घाटन खेलमा ब्याट्सम्यान हाबी भएका थिए । तर, दोस्रो दिन आइतबार ब्याट्सम्यानभन्दा बलरले खेलमा नियन्त्रण लिए । यद्यपि, विराटनगर र चितवनका ब्याट्सम्यानले ठूला सर्ट खेल्दै बलरमाथि दबाब बनाउने कोसिस नगरेका होइनन् ।

बलरका घातक बलिङ प्रदर्शनका कारण नै दोस्रो खेलमा १८ जना ब्याट्सम्यान आउट भए । चितवनका सोमपाल, कमल, करिम तथा सागर ढकालले समान दुई विकेट हात पारे । यसैगरी, विराटनगरका सिकन्दर र करण केसीले दुई–दुई विकेट लिए । बलरलाई सुहाउँदो पिचमा ब्याट्सम्यानले केही ठूला स्ट्रोक लगाउँदा खेलमा ब्याट्सम्यानहरूले समग्रमा १९ छक्का र १९ चौका प्रहार गरे । 

ad
ad
ad
ad