१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १० आइतबार
  • Tuesday, 01 October, 2024
२o७८ असोज १० आइतबार o८:१५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपालमा रानीखेत रोगको  औषधि ट्याब्लेटमा उत्पादन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज १० आइतबार o८:१५:oo

गाउँघरका लोकल कुखुरा र फार्ममा पालिएका बोइलर कुखुरा लक्षित, एउटा कुखुरालाई पाँच रुपैयाँको औषधि

नेपालमा पहिलोपटक रानीखेत रोगविरुद्धको ट्याब्लेट औषधि उत्पादन भएको छ । घातक रोग रानीखेत (न्युक्यासल डिजिज)बाट कुखुरालाई बचाउने उद्देश्यले औषधि उत्पादन गरिएको हो । नेपालमा उत्पादित औषधि गाउँघरका लोकल कुखुरा र फार्ममा पालिएका बोइलर कुखुरालक्षित गरिएको छ । 

बायोभ्याक प्रालिले उत्पादन गरेको ट्याब्लेट विश्वमै पहिलो भएको कम्पनीले दाबी गरेको छ । विश्वमा हालसम्म झोलमा यसको औषधि उत्पादन हँुदै आएको छ । बायोभ्याक प्रालिले भने रानीखेतको जीवित भाइरसबाट ट्याब्लेटमा औषधि बनाएको हो । कम्पनीका एकजना उच्च अधिकारी गृष्मा ढुंगेलले रानीखेतको जीवित भाइरस अस्ट्रेलियाबाट ल्याएर वैज्ञानिक रूपले ट्याब्लेटमा औषधि उत्पादन गर्न सफल भएको बताइन् । 

उनका अनुसार जीवित भाइरसलाई ट्याब्लेटका माध्यमबाट शरीरमा पठाएर कुखुरालाई रानीखेत रोगविरुद्ध लड्न एन्टिबडीको विकास गर्छ । अमेरिकामा यो रोगले १ प्रतिशत कुखुराको मृत्यु हुन्छ । ब्राजिलमा १० प्रतिशत र नेपालमा ५० प्रतिशत कुखुराको मृत्यु रानीखेत रोगबाट भइरहेको छ । यस्ता रोगी कुखुराको मासु खाएर नेपाली नागरिकले विभिन्न रोग उब्जाइरहेको चिकित्सकहरू बताउँछन् । ढुुंगेलले भ्याक्सिन उत्पादनपछि विश्व बजारमा कुखुरामा देखिएको समस्यासमेत समाधान हुने दाबी गरिन् । तीन वर्षदेखि उत्पादन सुरु गरेको कम्पनीले यसबीचमा विभिन्न चरणका परीक्षण पास भएपछि ट्याब्लेट औषधि बजारमा ल्याएको हो । 

ट्याब्लेट औषधि उत्पादनअघि १० हजार कुखुरामा परीक्षण गरिएको ढुंगेलले बताइन् । यसको नाम रानीगोलढुंगा राखिएको छ । ‘रानीखेतको ठअ भेरिएन्टले हरेक वर्ष लाखौँ कुखुराको मृत्यु भएको छ,’ उनले भनिन्, ‘बाहिरबाट किनेर ल्याएको झोल औषधिले समेत काम नगरेपछि विभिन्न अध्ययन गरी नयाँ रानीगोलढुंगा नामक औषधि ट्याब्लेटका माध्यमद्वारा बनाइएको हो ।’ कम्पनीले ट्याब्लेट औषधि दिएको कुखुरा र नदिएको कुखुरालाई सँगै राखेर परीक्षण गरेको थियो । ‘ट्याब्लेटले शतप्रतिशत कुखुरा बाँचेपछि यसलाई बजारमा ल्याउन लागिएको हो,’ उनले भनिन् । 

कति चाहिन्छ नेपालमा ?
सरकारी अधिकारीहरूका अनुसार नेपाललाई वर्षमा पाँच सय मिलियन डोज ट्याब्लेट औषधि आवश्यक पर्छ । तर, अहिलेसम्म दुई बिलियन डोज उत्पादन भइसकेको छ । नेपाललाई चाहिनेभन्दा पाँच गुणा बढी औषधि बनिसकेको छ । ‘गाउँघरमा पालिएका कुखुराको विषयमा कसैले ध्यान दिएका छैनन् । ती ठाउँका कखुुरालाई के औषधि दिने भन्नेमा कसैलाई जानकारी छैन । कुखुरा मरिरहेका छन्, तर रुढी आयो भनेर मानिस बसेका छन् । त्यसैले हामीले घरघरमा पुर्‍याउनुपर्छ भनेर औषधि उत्पादन सुरु गरेका हौँ,’ ढुंगेलले भनिन् ।

नेपालमा प्रयोग भएर बाँकी रहेको औषधिको बजार भारत रहेको कम्पनीले जनाएको छ । सोहीअनुसार अहिले कम्पनीले महिनामा चार सय मिलियन डोज उत्पादन गर्दै आएको छ । कम्पनीले ५० डोजको दुई सय ५० रुपैयाँ मूल्य राखेको छ । एउटा कुखुरालाई पाँच रुपैयाँको औषधि एकपटक दिए पुग्ने ढुंगेलले बताइन् ।