मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ७ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ७ बिहीबार १७:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस सांसद सिंहलाई कारबाही माग गर्दै सभापतिलाई ज्ञापनपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ७ बिहीबार १७:२१:oo

नेपाली कांग्रेसका नेता तथा सांसद अमरेशकुमार सिंहमाथि कारबाही माग गर्दै कांग्रेस सर्लाही क्षेत्र नं ४ ले ज्ञापनपत्र बुझाएको छ । कांग्रेस सर्लाही क्षेत्र नं ४ ले सचिव कृष्ण दुलालमार्फत सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको हो ।

प्रदेश २ का महिला, बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई सांसद सिंहको उक्साहटमा दुर्व्यवहार भएको भन्दै कारबाही माग गरिएको छ ।

यता, मन्त्री सिंहले सर्लाहीको बरहथवा नगरपालिका– ४ का वडाध्यक्ष लाखिन्द्र महतोलाई कुटपिट गरेको भन्दै नेता–कार्यकर्ताहरू सांसद सिंहको नेतृत्वमा पार्टी कार्यालय सानेपामा धर्ना बसिरहेका छन्।

ज्ञापनपत्रमा ५ असोजमा केन्द्रीय कार्यालय पुग्दा मन्त्री सिंहमाथि सांसद सिंहको उक्साहटमा गालीगलौज र दुर्व्यवहार गरिएको भन्दै पार्टी विधानबमोजिम कारबाही माग गरिएको छ।