Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ७ बिहीबार १२:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीको महासचिवमा भुसाल, रामकुमारी झाँक्री बनिन् सचिव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ७ बिहीबार १२:२८:००

नेकपा (एकीकृत समाजवादी) को महासचिवमा वेदुराम भुसाल चयन भएका छन्। नेकपा एसले आज पदाधिकारी टुंगो लगाएको नेता विरोध खतिवडाले बताए।  उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथप्रसाद साह, प्रमेश हमाल र जयन्ती राई चयन भएका छन्। उपमहासचिवमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, र डा. विजय पौडेल छन्। 
यस्तै सचिवमा रामकुमारी झाँक्री, केशवलाल श्रेष्ठ, जगन्नाथ खतिवडा, नागेन्द्रप्रसाद चौधरीलाई चयन गरिएको छ। प्रस्तावित नामहरुलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ। पार्टीको वरिष्ठ नेतामा झलनाथ खनाल रहने यसअघि नै टुंगो लागिसकेको छ।