१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ६ बुधबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ६ बुधबार o६:o७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महालक्ष्मी लाइफको बिमा जागरण अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ६ बुधबार o६:o७:oo

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘युवासँग महालक्ष्मी लाइफ’ नामक बिमा जागरण राष्ट्रिय अभियान सुरु गरेको छ । धुलिखेलमा आयोजित राष्ट्रिय सम्मेलनमा देशभरका ९० भन्दा बढी अभिकर्ताका बीचमा कम्पनीले अभियान सुरुवातको घोषणा गरेको हो । 

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गर्न लागिएको कार्यक्रमको मुख्य नारा ‘काम गरी आय आर्जन गरौँ, बिमा गरी सुरक्षित बनौँ’ रहेको कम्पनीले जनाएको छ । बिमा जागरण राष्ट्रिय अभियान कार्यक्रममार्फत युवामाझ गई बेरोजगार र कामको खोजीमा रहेका युवालाई आर्थिक रूपमा सक्रिय पार्ने लक्ष्य रहेको जनाइएको छ ।

देशमा शिक्षा, स्वास्थ्य र वृद्ध अवस्थाको ग्यारेन्टी सरकारले गर्न नसकिरहेको र रोजगारीका प्रशस्त अवसर हुँदा पनि युवावर्ग कामको खोजीमा विदेश पलायन भइरहेकाले कामको अवसर र बिमाको महत्व बारेमा युवाहरूलाई जानकारी गराउने तथा समाजमा बिमाप्रति जागरण ल्याउने योजनासहित अभियान सुरु गरेको कम्पनीले जनाएको छ । 

सम्मेलनमा कम्पनीका सञ्चालक तथा एम्बिसन कलेजका प्रमुख सुरेश सापकोटा, प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई तथा स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बस्यौलाले प्रशिक्षण दिएका थिए । बिमा जागरण राष्ट्रिय अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको अध्यक्षतामा देशभरिका अभिकर्ता र अधिकृत सम्मिलित केन्द्रीय कमिटी गठन गरिएको कम्पनीले जनाएको छ ।