मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज ५ मंगलबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ५ मंगलबार ११:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महानगरको अनुदानपछि सुरु भयो आठ वर्षसम्म रोकिएको नागेंचा नाच 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ५ मंगलबार ११:o९:oo

आर्थिक अभावका कारण रोकिएको नागेंचा प्याखँ (नाच) सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले अनुदान दिएको छ। ०७० सालपछि रोकिएको नाच सञ्चालनका लागि महानगरले अनुदान उपलब्ध गराएको हो। अनुदान पाएसँगै यस वर्षबाट नाच प्रदर्शन थालिएको महानगरले जनाएको छ ।

हरेक वर्ष यँया पुन्हीबाट सुरु भएर तीन दिनसम्म चाबहिल, जय बागेश्वरीलगायतका नाै ठाउँमा नाच प्रदर्शन गर्ने परम्परा छ। काठमाडौं– ७ चारुमती विहारमा ०७० सालमा प्रदर्शन भएको नाच त्यसपछि ०७८ असोज ४ गते चारुमती विहारमा प्रदर्शन गरिएको हो।

महानगर प्रमुख विद्यासुन्दर शाक्यले नाचमा बजाइने वाद्य सामग्री गुठियारहरूलाई दिएर नाच शुभारम्भ गरिएको थियो। विहारमा नाच सुरु गर्नुअघि चाबहिल स्तुपानजिक रहेको नास द्यः (नाचका देवता)को पूजा गरेर गरिएको थियो। यो पूजा जयबागेश्वरीका गुरुजुले गराउने चलन छ। नाच आज बेलुका साढे ६ बजे जयबागेश्वरी मन्दिर परिसरमा गरिनेछ। 

नाच सुरुवात गर्न आयोजित कार्यक्रममा बोल्दै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आर्थिक अभाव भएर मौलिक र परम्परागत कुनै पनि सांस्कृतिक चलन नरोकिने बताएका थिए।