मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज ४ सोमबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ४ सोमबार १७:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीलाई नेपालको प्रश्न– पिलो निचाेरिएर आनन्द भयो भन्नेले दिनदिनै संसदमा किन कराएको ? (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ४ सोमबार १७:३५:oo

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं. १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन्। सोमबार पेसागत महासंघ नेपालको राष्ट्रिय समितिको बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रदेश नं. १ र बागमती प्रदेशमा छिट्टै समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्न लागेको बताएका हुन्।

उनले प्रदेश नम्बर २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको भन्दै नेताहरूलाई धन्यवाद व्यक्त गरेका छन्। आफ्नो पार्टी कसैको पार्टीभन्दा कम नभएकाे भन्दै उनले नेता, कार्यकर्तालाई नआत्तिन आग्रह गरे।

अध्यक्ष नेपालले एमालेबाट आफूहरू चोइटिएर हाइसञ्चो भएको भन्ने केपी ओलीको भनाइप्रति लक्षित गर्दै हाइसञ्चो भएको मान्छेले किन संसदमा नारा लगाउनुपर्यो भन्दै प्रश्न गरेका छन्।

उनले पिलो निचोरिएर आनन्द भयो भन्ने मान्छेले किन दिनदिनै संसदमा कराउनुपरेको भनी प्रश्न गरे। ‘आज हामी सुनिरहेका छौँ चोइटिएर केही मान्छेहरू गए, हाइसञ्चो भयो । यो साँच्चै हो भने त त्यो संसदमा नारा किन लगाउनुपर्यो हाइसञ्चो भएको मान्छेले ? कति छन्? ९ प्रतिशत छन्, २ प्रतिशत छन्? पिलो निचाेरिएर आनन्द भयो भन्ने मान्छेले दिनदिदै किन त्यहाँ कराउनुपर्ने स्थिति बनेको छ संसदमा ?’