१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १२:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमालेको अवरोधबीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:४o:oo

सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ संसदबाट बहुमतले पारित भएको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेकाे विनियोजन विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्ताव सोमबारको बैठकबाट बहुमतले पारित भएको हो। सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक २०७८ बहुमतले पारित भएको घोषणा गरेका हुन्।

त्यसैगरी, बैठकले अर्थ मन्त्री शर्माले प्रस्तुत गरेका आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पनि स्वीकृत गरेको छ।

प्रतिपक्षी दल एमालेले भने संसद्को अवरोध कायम नै राखेको छ । सभामुख सापकोटाले एमालेप्रति भेदभावपूर्ण व्यवहार गरेको भन्दै एमालेले निरन्तर संसदमा विरोध गर्दै आएको छ। सोमबारको बैठकमा पनि एमाले सांसदहरूले बेल घेर्दै नाराबाजी गरेका थिए।

प्रतिनिधिसभाको अर्को बैठक असोज ७ गते बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको छ।

ad
ad