मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज ३ आइतबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ३ आइतबार १७:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय अधिवेशन माघमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ३ आइतबार १७:oo:oo

नेपाल निजामती कर्मचारी संगठनले आगामी माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने भएको छ। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा संगठनका अध्यक्ष केदार देवकोटाले ११औँ राष्ट्रिय अधिवेशन आगामी माघ ७ र ८ गते काठमाडौंमा गर्ने जानकारी दिएका हुन्।

कार्यक्रममा संगठनका अध्यक्ष देवकोटाले अधिवेशनको निर्णय गर्न लाग्दै गर्दा संगठनको माइन्युट बुक, छाप र लेटर प्याड चोरी भएको र छानबिनका लागि प्रहरीमा निवेदन दिएको बताए। अधिवेशनको निर्णय हुनै लाग्दा संगठनका महासचिव र उपाध्यक्षहरू नै भागेको भन्दै जिम्मेवार पदमा रहेको व्यक्तिबाट नै चोरी भएको हुन सक्ने आशंका व्यक्त गरे।

कार्यक्रममा सहसंयोजक तथा वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले संगठनलाई गतिशील बनाउन राष्ट्रिय महाधिवेशन गर्न लागेको बताए। उनले कोरोनासहित विभिन्न कारणले समयमै हुनुपर्ने राष्ट्रिय अधिवेशन हुन नसकेको बताउँदै ११औँ राष्ट्रिय अधिवेशन तय भएको बताए।