१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ३ आइतबार १०:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कम्युनिस्टहरू पटकपटक असफल भएपछि कांग्रेसले देशलाई संविधान दिएको हो : नेता सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ३ आइतबार १०:३७:००

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान बनाउन कम्युनिस्ट प्रधानमन्त्रीहरू असफल भएपछि कांग्रेसको नेतृत्वमा संविधान जारी भएको बताएका छन्।  संविधान दिवसको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन्।

०७२ असोज ३ मा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा संविधानसभाबाट संविधान जारी भएको  ऐतिहासिक दिनलाई स्मरण गर्दै उनले यस्तो बताएका हुन्।

‘संविधानसभाबाट संविधान बनाउन कम्युनिस्ट प्रधानमन्त्रीहरू पटकपटक विफल भएपछि कांग्रेसले नै देशलाई संविधान दिन सफल भयो,’ उनले भनेका छन, ‘संविधानको कार्यान्वयन पनि कांग्रेसकै सभापति शेरबहादर देउवाले सुरु गर्नुभयो।  त्यसैले पनि संविधानको सबैभन्दा धेरै अपनत्व र सफल कार्यान्वयनका लागि नेपाली कांग्रेस गम्भीर छ।’

उनले संविधान निर्माणसँगै संघीयता, समावेशिता, धर्मनिपरेक्षताजस्ता परिवर्तनका मुद्दाहरूलाई सम्बोधन गर्ने गरी बनेको संविधानले वास्तविक परिवर्तनको अनुभूति गराएको उल्लेख गरेका छन्।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान सफल कार्यान्वयन गर्नुको अर्को विकल्प नरहेको भन्दै देशलाई स्थायित्व र समृद्धिको मार्गका लैजान कांग्रेस मात्रै  सक्षम रहेको जिकिर गरेका छन्।