मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ भदौ ३१ बिहीबार १७:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हामीले एमाले जोगायौँ भने माधव नेपाल ओत लाग्न आउनेछन् : सुरेन्द्र पाण्डे

Read Time : < 1 मिनेट
२०७८ भदौ ३१ बिहीबार १७:४५:००

नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी एकतालाई जोगाई राखेमा माधवकुमार नेपाल पुनः एमालेमै ओत लाग्न आउने बताएका छन् । बिहीबार बाग्लुङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले पार्टीलाई एउटै ढिक्कामा राख्न सकेमा नेपाल एमालेमै फर्किने दाबी गरेका हुन् ।

‘पार्टीभित्र बहस र विवाद हुन्छ । तर, यसको समाधान विभाजन हुनै सक्दैन । माधव नेपाल र केही साथीहरूले यही बाटो रोज्नुभएको छ । अहिले हामी मिलेर एमाले आन्दोलन जोगाऔँ, माधव नेपालहरू ढिलोचाँडो एमालेमै ओत लाग्न आउनुहुनेछ,’ पाण्डेले भने ।

कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने क्षमता र तागत एमालेसँग मात्र रहेको उनले बताए ।