मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ ३१ बिहीबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ ३१ बिहीबार १६:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कालीगण्डकी डाइभर्सनसम्बन्धी मुद्दाहरू पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ ३१ बिहीबार १६:o९:oo

सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सनबारेका मुद्दाहरूलाई पूर्ण सुनुवाइका लागि पठाउने आदेश गरेको छ। न्यायाधीशहरू दीपककुमार कार्की, सुष्मालता माथेमा र कुमार रेग्मीको पूर्ण इजलासले बिहीबार यस्तो आदेश गरेको हो। सर्वोच्चले अधिवक्ता तुलसीराम पोखरेल, सन्तोष भण्डारी र रामबहादुर शाहीले संयुक्त रूपमा दर्ता गरेका मुद्दालाई मूल मुद्दा मानी डाइभर्सनसम्बन्धी परेका मुद्दाको सुनुवाइ गरिरहेको छ। 

इजलासमा  रिटमाथिको पहिलो सुनुवाइ न्यायाधीश प्रकाशमानसिंह राउत र हरि फुँयालको इजलासमा भएको थियो। आदेशका क्रममा न्यायाधीशको राय बाझिएपछि मुद्दा पूर्ण इजलासमा परेको हो। २१ साउनमा राय बाझिएको मुद्दा न्यायाधीश आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार श्रेष्ठको पूर्ण इजलासमा सुनुवाइ भएको थियो। इजलासले कालीगण्डकीसँग सम्बन्धित रिटलाई एकै मुद्दाका रूपमा राखी सुनुवाइ गर्न (लगाउमा राख्न) आदेश दिएको थियो। रिटमा कालीगण्डकीलाई तिनाउ नदीमा डाइभर्सन गर्दा कालीगण्डकी नदीको धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महत्त्वमा असर पर्ने र पर्यावरण प्रतिकूल हुने भएकाले परियोजना रोक्न माग गरिएको छ।